धितोपत्र बोर्डद्वारा पाँच दिने सचेतनामुलक कार्यक्रमको आयोजना गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
धितोपत्र बोर्डद्वारा पाँच दिने सचेतनामुलक कार्यक्रमको आयोजना गर्ने

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२० को अवसरमा नेपाल धितोपत्र बोर्डले पाँच दिन विविध कार्यक्रम सञ्चालन गरी मनाउने भएको छ । बोर्डले धितोपत्र बजार नियमन निकायहरुको अन्तराष्ट्रिय संस्था (आईओएससीओ ) को एशोसिएट सदस्य भएपश्चात उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रममा सहमागिता जनाउँदै आएको छ । सन २०१७ देखि उक्त संस्थाले सुरु गरेको विश्व लगानीकर्ता सप्ताह सञ्चालनमा बोर्डले पनि सहभागी जनाउँदै आएको हो । 

यस वर्षपनि असोज २१ देखि असोज २५ गतेसम्म धितोपत्र बजार सम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिबृद्धिका लागि विविध कार्यक्रम सञ्चालन गर्ने बोर्डका प्रबक्ता निरज गिरीले जानकारी दिए । उनले धितोपत्र बजार देशव्यापी हुर्दै गएको र लगानीकर्ताहरुको संख्या समेत बढ्दै गएको सन्दर्भमा यी चार दिन धितोपत्र बजार तथा बस्तु विनिमय बजारको बारेमा आधारभूत शिक्षा प्रदान गर्ने बताए ।

लगानीकर्ता सप्ताह कार्यक्रमको पहिलो दिन असोज २१ गते बोर्डले धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी जानकारी तथा सचेतनामुलक विषेश कार्यक्रम रेडियो नेपाल बाट प्रशारण गरेको छ । त्यस्तै बिहीवार बुक विल्डिङ्ग पद्दतिबाट सार्वजनिक निष्कासनमा स्वतन्त्र मूल्य निर्धारणका सम्बन्धमा सम्भाव्यताका वारेमा छलफल तथा अन्तगरक्रिया कार्यक्रम भर्चुअल माध्यमबाट हुनेछ । यो कार्यक्रम अपरान्ह ३ देखि ५ः३० बजेसम्म आयोजना हुने बोर्डले जानकारी दिएको छ । ...

Read More
  • MBL - below news