स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त गरेपश्चात असोज २५ गतेदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्ने भएको छ।
असोज १० गते छुट्टाछुट्टै सम्पन्न यी दुबै लघुवित्तको विशेष साधारण सभाले एक्विजिसनको सो प्रस्ताव पारित गरेको थियो। बाग्मती अञ्चल, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ५ बनेपामा केन्द्रिय कार्यालय रहेको स्वरोजगार लघुवित्तले जनकपुर उपमहानगरपालिका वडा नं. ४ रामचौक, जनकपुरमा केन्द्रिय कार्यालय रहेको जनकपुर लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्न असोज २ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो। त्यसैगरी, कम्पनी रजिष्ट्रारको कार्यालयले असोज १९ गते स्वीकृति दिएको थियो।
प्राप्तीपश्चात बनेको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रिय कार्यालय साविककै बनेपामा रहने बताइएको छ।
स्वरोजगार लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो भने जनकपुर लघुवित्तले हालसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको छैन। नेप्सेमा सूचीकृत स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख रुपैयाँ छ भने जनकपुर लघुवित्तको ३ करोड ४७ लाख ५० हजार रुपैयाँ छ।
यी दुई लघुवित्त बिच गन माघ २८ गते सम्झौता भएको थियो। स्वरोजगारले जनकपुरलाई १००ः७५ को शेयर स्वाप अनुपातमा एक्वायर गरेको हो।








