सानिमा जनरल इन्सुरेन्सको आइपीओ खुल्यो : कस्तो छ कम्पनी, कति कित्ता भर्ने ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सानिमा जनरल इन्सुरेन्सको आइपीओ खुल्यो : कस्तो छ कम्पनी, कति कित्ता भर्ने ?

काठमाडौं : सानिमा जनरल इन्सुरेन्सको आज बुधबार असोज २१ गतेबाट आइपीओ बिक्री खुला भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल ३० लाख कित्तामध्ये ४% अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको छ । त्यस्तै, ५% अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस आइपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा बिक्री नभएमा कात्तिक ६ गतेसम्म बिक्री खुला हुनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ । लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । 

यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था  अर्थात औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ । 

कस्तो छ कम्पनी ?  ...

Read More
  • MBL