नविल बैंकमा नयाँ अध्यक्ष नियुक्त


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नविल बैंकमा नयाँ अध्यक्ष नियुक्त

काठमाडौं । नबिल बैंकमा उपेन्द्र पौड्याल नयाँ अध्यक्षमा नियुक्त भएका छन् । २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको हो । उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत छन् । 

नया“ अध्यक्षमा बैंकर तथा समाज सेवी पौड्याललाई मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले नयाँ अध्यक्षमा नियुक्त गरेको बैंकले जनाएको छ । लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ । शम्भुप्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो ।

२०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर शुरु गरेका पौड्याल सर्वसाधारण शेयरधनीकातर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए  । ...

Read More