सन फ्रान्सिस्कोका एक डिजाइनरले आइफोनमा स्टाइलिस आइकन बनाएर हप्तामा एक करोड रूपैयाँभन्दा बढी कमाएका छन्।
प्रविधिसम्बन्धी समाचार लेख्ने ग्याजेट नाउका अनुसार ट्राफ नामक डिजाइनरले आइफोनमा हुने साना आइकनलाई आफ्नै शैलीमा डिजाइन गरी हप्तामै एक लाख १६ हजार अमेरिकी डलर कमाएका हुन्।
उनले यस्ता आइकन बनाएर अन्य आइफोन प्रयोगकर्तालाई बेच्दै यो पैसा कमाएका हुन्।
एप्पलले केही समय अघि आइफोनमा आइओएस-१४ को अपडेट उपलब्ध गराएको थियो। आइओएस-१४ मा आएका नयाँ फिचर मध्य आइफोनका आइकन आफूले चाहेजस्तो डिजाइनको बनाउन सकिने सुविधा छ। यो सुविधा आइफोनको सिरी मार्फत लिन सकिन्छ।
ट्राफले यही फिचर प्रयोग गरेर नयाँ आइकन बनाएका हुन्। उनले एउटा प्याकमा १२० आइकन समावेश गरी त्यसलाई २८ डलरमा बेच्ने गरेका छन्। ...




