नयाँ कम्पनी दर्ता गर्दै हुनुहुन्छ ? कम्पनी दर्ता गसिकेपछिका प्रक्रिया यस्ता छन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नयाँ कम्पनी दर्ता गर्दै हुनुहुन्छ ? कम्पनी दर्ता गसिकेपछिका प्रक्रिया यस्ता छन

काठमाडौं । कम्पनी संस्थापना भए पश्चात ३ महिना भित्र दफा १८४ बमोजिम कार्यालय स्थापनाको जानकारी गराउनु पर्ने छ । 

कम्पनी संस्थापना भएको आ.व. भित्र शेयरधनीहरुले लिन कवुल गरेको शेयरको रकम दाखिला भए पछि शेयर बाँडफाँड गरी शेयर लगत तयार गरी १ महिनाभित्र पेश गर्नु पर्ने तथा संचालक समितिको गठन गर्नुपर्ने छ ।

संचालन समिति गठन भए पश्चात कम्पनी ऐनको दफा ९२(३) को बिवरण र संचालक लगत तयार भएको ७ दिन भित्र पेश गर्नुपर्ने छ ।

कम्पनी संस्थापना भएको पहिलो पटकको लागि एक बर्षभित्र बाषिर्क साधारण सभा गरी सक्नु पर्ने छ । सो पश्चात आ.व. समाप्त भएको ६ महिना भित्र हरेक वर्ष वाषिर्क साधारण सभा गर्नु पर्ने छ । यसरी बाषिर्क साधारण सभा भएको ३० दिन भित्र सो को बिवरण कार्यालयमा पेश गर्नु पर्ने छ ।

कम्पनी ऐन२०६३ को दफा ५१(३) को बिवरण प्रत्येक बर्षो बाषिर्क साधारण सभा हुनु भन्दा १ महिना अघि तयार गरी बाषिर्क साधारण सभा भएको ३० दिन भित्र कार्यालयमा पेश गरी सक्नु पर्दछ । पब्लिक कम्पनीले दफा ७८ बमोजिमको बिवरण पेश गर्नु पर्ने छ ।

कम्पनी संस्थापना भएको आ.व.को लागि संचालक समितिले अडिटर नियुक्ति गर्ने । सो पश्चात प्रत्येक आ.व.को लागि बाषिर्क साधारण सभाले अडिटर नियुक्ति गरी नीजको पारिश्रमिक निर्धारण गर्ने र नियुक्तीको जानकारी १५ दिन भित्र कार्यालयलाई दिने । ...

Read More
  • MBL - below news