सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बुधवारदेखि, न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बुधवारदेखि, न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपीओ असोज २१ गतेदेखि सर्वसाधारणका लागि खुला हुदैंछ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री खुला गर्न लागेको हो । कुल कित्तामध्य १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ ।

 सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ताका लागि छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् । यो आईपीओमा खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । 

आईपीओ विक्रीका लागि असार १४ गते निवेदन दिएको सानिमा जनरल इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट असोज ५ गते स्वीकृति पाएको थियो । हाल कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ । १ अर्ब रुपैयाँ जारी पूँजी रहेको यस कम्पनीको सर्वसाधारणलाई आईपीओ विक्री पश्चात जारी पूँजी बराबरको रकम कायम हुनेछ । यस कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । 

Read More
  • MBL