इन्टरनेटको गुनासो गर्दा पनि पैसा तिर्दै उपभोक्ता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इन्टरनेटको गुनासो गर्दा पनि पैसा तिर्दै उपभोक्ता

प्राधिकरणको निर्देशन पालना भएन

काठमाडौँ — उपभोक्ताले गुनासो गर्दा वा जानकारी लिँदा शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने भन्दै प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई दिएको निर्देशन दुई महिनासम्म पनि कार्यान्वयन भएको छैन । प्राधिकरणले असार १० मा सेवा प्रदायकलाई पत्र लेख्दै १५ दिनभित्र शुल्क नलाग्ने (टोल फ्री) नम्बरको व्यवस्था गर्न भनेको थियो ।

निर्देशन दिएको साढे दुई महिनामा तीनचार वटा सेवा प्रदायकले मात्रै यसको कार्यान्वयन गरेको प्राधिकरणका निर्देशक विजय रोयले जानकारी दिए । निर्देशन कार्यान्वयन नगर्ने सेवा प्रदायकलाई स्पष्टीकरण सोधेर कारबाही गर्ने तयारी भइरहेको उनले बताए । हालसम्म वर्ल्डलिंक, सुबिसु र ब्रोडब्यान्ड नेपाल प्रालि र नेपाल दूरसञ्चार कम्पनीले मात्रै टोल फ्री नम्बरको व्यवस्था गरेर प्राधिकरणलाई जानकारी दिएको रोयको भनाइ छ । ‘यी सेवा प्रदायकले टोल फ्री नम्बरको व्यवस्था गरेको भनेर जानकारी गराएका छन्,’ उनले भने, ‘अरूबाट जानकारी आएको छैन ।’

Read More