मंगलबार तपाईको आर्थिक राशिफल कस्तो छ ?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मंगलबार तपाईको आर्थिक राशिफल कस्तो छ ?

Financial Notices  मोबाईल एप्स Android Download  र iOS Download गरेर आफ्नो दैनिक, साप्ताहीक, मासिक र वार्षिक आर्थिक राशिफल हेर्न सक्नुहुनेछ ।

आर्थिक राशिफलः  २० गते असोज २०७७ (मंगलबार)

मेषः नियमित हुने खर्च बढ्न सक्नेछ।

वृषः काममा प्रगति र यात्रामा लाभ हुन सक्ने।

मिथुनः अकश्मात धनको हानी हुन सक्छ।

कर्कटः कामबाट पराक्रम बढ्नुका साथै लगानीको अवसर।

सिंहः काममा रोकावट र खर्चमा वृद्धि।

कन्याः साथीभाईको असहयोगले व्यवसायमा अस्थीरता।

तुलाः आर्थिक लाभ र सामाजिक सम्मान मिल्ला।

वृश्चिकः पारिवारिक सहयोगले काममा सफलता मिल्नेछ।

धनुः शारीरिक समस्याले गर्दा काममा आर्थिक नोक्सानी।

मकरः आफन्त वा साथीभाईले गर्दा समस्या लगानीमा बढोत्तरी।

कुम्भः व्यापार व्यवसायमा प्रगतिको समय।

मीनः आम्दानीमा वृद्धि हुन सक्नेछ।

___________

असोज १८ गतेदेखी असोज २४ गतेसम्मको साप्ताहिक आर्थिक राशिफल

मेष
साताको सुरुमा धनको हानी हुन सक्ने र स्वास्थमा समस्या आउन सक्नेछ। साताको मध्यमा गरेका कामहरु सफल हुनेछ। साताको अन्त्यतिर आयमा वृद्धि, व्यापारमा पर्याप्त लाभ हुन सक्नेछ।

वृष
सातामा सुरुमा रोकिएका कामहरु सुचारु हुन सक्ने, आकस्मिक धन प्राप्त हुन सक्ने र उपहारहरु प्राप्त हुन सक्नेछ।  साताको बीचमा खर्च बढ्न सक्ने र काममा समस्या आउन सक्नेछ। साताको अन्त्यमा कामले गर्दा मानसम्मान मिल्न सक्नेछ। 

मिथुन
साताको सुरु र बीचको समयमा बिग्रिएको काम बन्न सक्ने, ब्यबसायबाट राम्रो लाभ, छोटो तर लाभदायक यात्रा हुन सक्ने र आम्दानीमा सुधार हुन सक्ने । साताको अन्त्यमा स्वास्थ्यमा समस्या आउन सक्ने, धनको नास हुन सक्नेछ। 

कर्कट
साताको सुरुमा काममा समस्या र व्यवसायमा सोचे जस्तो लाभ नमिल्ने रहेको छ। साताको मध्यमा मानसम्मान बढ्न सक्ने छ भने साताको अन्त्यमा काममा पदोन्नति र व्यवसायमा सफलता मिल्न सक्नेछ।

सिंह
साताको सुरुको समयमा व्यवसायमा नोक्सान हुन सक्ने र खर्च पनि बढ्न सक्नेछ । साताको मध्यमा धनको आगमन बढ्न सक्ने, व्यवसायमा उचित लाभ हुन सक्नेछ।साताको अन्त्यमा लगानीबाट राम्रो प्रतिफल मिल्न सक्ने र फसेको पैसा उठ्न सक्नेछ।

कन्या
साताको सुरुतिर आर्थिक क्षेत्रमा सुधार हुने र नसोचेको ठाउँबाट धन आगमन हुन सक्नेछ। साताको मध्यमा आर्थिक हानी र नसोचेको ठाउँमा खर्च धेरै हुन सक्नेछ। साताको अन्त्यमा काममा प्रगति र व्यापारमा सोचेको जस्तो प्रगति हुन सक्नेछ। 

तुला
सामाजिक र व्यवसायिक क्षेत्रबाट मानसम्मान मिल्न सक्ने, रोकिएका कामहरु सुचारु हुन सक्ने, कामप्रति विश्वास बढ्न सक्ने, आर्थिक क्षेत्रमा प्रगति हुन सक्ने र आम्दानीको नयाँ बाटो मिल्न सक्ने सम्भावना रहेको छ। साताको अन्त्यमा केहि आर्थिक हानीको सामना गर्नुपर्ने हुन सक्छ। 

वृश्चिक
साताको सुरुमा खर्च बढ्न सक्ने र व्यवसायमा घाटा हुन सक्नेछ। साताको मध्यमा मानसम्मान बढ्न सक्ने र आर्थिक क्षेत्रमा सुधार हुन सक्नेछ। साताको अन्त्यमा कामको क्षेत्र बढ्न सक्ने वा नयाँ  जिम्मेबारी मिल्न सक्नेछ।

धनु
साताको सुरुमा आम्दानीमा कमि र खर्च बढ्न सक्ने रहेको छ। साताको मध्यमा काममा ढिलासुस्ती हुन सक्ने छ । साताको अन्त्यमा कामको माध्यमबाट पराक्रम बढ्ने र नयाँ जिम्मेबारी मिल्न सक्ने सम्भावना रहेको छ।

मकर
साताको सुरुमा सुख र आनन्दको प्राप्ति, उपहार मिल्न सक्नेछ। साताको मध्यमा व्यवसायमा घाटा र खर्च बढ्न सक्नेछ । साताको अन्त्यमा यात्राबाट हानी र विश्वासघात हुन सक्नेछ। 

कुम्भ
साताको सुरुमा  काममा समस्या, ढिलासुस्ती र आम्दानी अनुसार खर्च हुन सक्नेछ। साताको बीचमा काम वा व्यवसायमा प्रगति, सन्चित धनको वृद्धि  र धातु सम्बन्धि कारोबारबाट विशेष लाभ हुन सक्नेछ। 

मीन
साताको सुरुमा व्यापारबाट पर्याप्त लाभ हुनेछ। साताको मध्यतिर बन्न लागेको काम बिग्रिन सक्ने र अनावश्यक खर्च हुन सक्छ। साताको अन्त्यमा व्यवसायबाट सफलता मिल्न सक्ने र धनको आगमनमा वृद्धि हुन सक्नेछ।

हेर्नुहोस तपाईको असोज महिनाको आर्थिक राशिफल कस्तो रहेको छ ?

(www.merojyotish.com)

Read More:______

हाल कुन बैंकको व्याजदर कति छ ।

हेर्नुहोस् बैंक तथा वित्तीय संस्थाका रोजगारीका आवसरहरु।

पल पलको ताजा आर्थिक समाचार पढ्नुहोस् ।

हेनुहोस् सेयर बजारका लगानीको अवसरहरु ।

Read More