काठमाडौं । अर्थसचिव शिशिरकुमार ढुंगानाले अबको भन्सार डिजिटल हुनु पर्ने बताएका छन् । भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थ सचिव ढुंगानाले डिजिटल प्रविधिमा जोड दिएका हुन् ।
गोष्ठीमा भन्सार प्रशासनमा विभिन्न समस्याहरू आउने र ती समस्याको समाधान गर्दै वास्तविक एवम् पारदर्शी रुपमा कार्य गरी भन्सार प्रशासनमा स्वच्छता कायम गर्न उनले निर्देशन समेत दिएका छन् । राजस्व संकलनको लक्ष्य पूरा गर्न सुझाउँदै सचिव ढुंगानाले सकारात्मक कार्य गर्ने कर्मचारीलाई आफूले संरक्षण गर्ने पनि बताए ।
कार्यक्रममा राजस्व सचिव रामशरण पुडासैनीले भन्सार विभाग थप सुधारको दिशामा अघि बढ्नु पर्ने सुझाव दिएका छन् । उनले भन्सामा वर्गीकरण, मूल्यांकनका र जोखिम व्यवस्थापनमा मुख्य रुपमा छलफल भई देखिएका समस्या र चुनौती समाधान गर्न अग्रसर हुनु पर्नेमा जोड दिए ।





