असोज १९, काठमाडौं । नेपाल फाइनान्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबोट असोज १९ गते अनुमति पाएको छ ।
कम्पनीले १ बराबर १ दशमलव २५ (१ : १.२५) अनुपातमा रू.१०० अंकित दरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि बोर्डबाट अनुमति पाएको हो ।
विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १३ करोड ५८ लाख रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँटपछि रू. ३० करोड ५५ लाख पुग्नेछ ।




