काठमाडौँ प्रहरीको सफलताः कुख्यात साइबर अपराधी पक्राउ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
काठमाडौँ प्रहरीको सफलताः कुख्यात साइबर अपराधी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले साइबर अपराधमा संलग्न रही फरार एक कुख्यात अभियुक्तलाई इलामको नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ । पक्राउ पर्नेमा जुम्लाको कनका सुन्दरी गाउँपालिकाका पसल रोकाय रहेको परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई जानकारी दिए । रोकाय भारतबाट नेपाल आउन लागेको सूचना प्रहरीले थाहा पाएको थियो ।

‘सोही सूचनाको आधारमा काठमाडौँ प्रहरी आफैले रोकायलाई पक्राउ गरेको हो’ एसपी राठौरले भने । रोकायले आइटी इन्जिनियरिङमा डिग्री गरेको अनुसन्धानबाट खुलेको छ । सामाजिक सञ्जाल म्यासेन्जर, भाइबरबाट नर्सहरुलाई आइटीमा जागिर लगाइदिन्छु भन्दै पैसा माग्ने गरेको एसपी राठौरले बताए ।

भारतमा बसेर नेपालमा साइबर अपराध गर्ने रोकायविरुद्ध साइबर अपराध र ठगी सम्बन्धी ५ वटा मुद्दा काठमाडौँ परिसरमा दर्ता भएको एसपी राठौरले बताए । एसपी राठौरका अनुसार रोकाय एउटा मुद्दामा १ लाख धरौटीमा रिहा भइसकेका छन् ।

Read More