जनरल इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँड गरिने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जनरल इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँड गरिने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ असोज २० गते मंगलवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतवार प्रि–अलोटमेण्ट गरी मंगलवारसम्म बाँडफाँट गर्ने तयारी रहेको जानकारी दिएको हो । 

यस कम्पनीले असोज ११ देखि १४ गतेसम्म रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्य सार्वजनिक निष्कासन मार्फत विक्री गरेको २७ लाख ३० हजार कित्ता शेयर विक्री प्रबन्धकले बाँडफाँट गर्ने तयारी गरेको हो । कुल कित्तामध्य जनरल इन्स्योरेन्सले १ लाख २० हजार कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ । 

यस कम्पनीको आईपीमा माग भन्दा ८ गुणाबढी आवेदन परेको छ । विक्री प्रबन्धकका अनुसार ८ लाख १६ हजार ३६ जना आवेदकबाट २ करोड २६ लाख २१ हजार ७०० कित्ताका लागि आवेदन परेको हो ।

Read More