काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको १८औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बैंकका अध्यक्ष चन्द्रमान मलेकुको अध्यक्षतामा बसेको सभाले बैंकको आ.ब. २०७५/७६को बार्षिक वित्तीय विवरण, नाफा नोक्सान हिसाव पारित गर्नुको साथै एक बरावर एक (१ः१) हकप्रद शेयर जारी गर्न पनि प्रस्ताव पारित गरेको छ । यस हकप्रद निश्कासन पश्चात बैंकको चुक्ता पूँजी रु.१३ करोड १२ लाख पुग्नेछ ।
बैंकले यस साधारण सभामार्फत गाभ्ने गाभिने तथा प्राप्ति समाहित हुने, रणनीतिक साझेदार नयाँ लगानीकर्ता भित्रयाउने सम्बन्धमा प्रस्ताव पारित गरी त्यसको जिम्मेवारी संचालक समितिलाई दिएको छ । ...






