सांग्रिला डेभलपमेन्ट बैंक र मोरुबीच भुक्तानी सम्झौता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंक र मोरुबीच भुक्तानी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  र पे नेपको (मोरु) बीच भुक्तानी सम्बन्धमा सम्झौता गरिएको छ । सम्झौतासंगै ग्राहकले इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गर्न सक्ने भएका छन् । 

यसरी लोड गरेपश्चात ग्राहकले मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु मोरुबाट नै गर्न सक्ने जनाइएको छ । 

चेक र एटीएम को विकल्पको रुपमा यो सुविधा उपयोगी हुने बैंकले विश्वास लिएको जनाएको छ  ।  बैंकले ९१ शाखा र ३० एटीएम मार्फत सेवा दिदै आइरहेको छ ।

Read More