काठमाडौं । राष्ट्रियस्तरको विकास बैंकमा कामना सेवा विकास बैंक सबैभन्दा सस्तो शेयर मूल्य भएको कम्पनी हो । यो बैंकको शेयर लामो समयसम्म १५० भन्दा तल नै रह्यो । कुनै समय त यसको मूल्य १ सय ३१ रुपैंयासम्म पनि आइपुगेको थियो ।
यो वर्ष कामना सेवा विकास बैंकले खासै प्रगति गर्न सकेन । तीव्र रुपमा शाखा विस्तार गरेको र नयाँ शाखाहरु फाइदामा नभएका कारण यो बैंकको अवस्था यो वर्ष ऋणात्मक हुन पुगेको थियो । शेयरधनीलाई वितरण गर्ने नाफा ऋणात्मक भएकै कारणले यो शेयरमा धेरै आकर्षण भएन । तर, सस्तो मूल्य हुनुको फाइदा भने यसले लिइरह्यो ।
कामना सेवाको मूल्य अक्सर १४० देखि १७० रुपैयाँको आसपासमा तलमाथि भइरहन्थ्यो । अघिल्लो फागुनमा भने यो शेयरको मूल्य १९० रुपैंयामा पुगेर फर्केको थियो । तर, फेरि घटेको शेयर २ साता अघिसम्म पनि १४२ रुपैयाँकै हाराहारीमा थियो ।








