बोनस शेयर, नगद लाभांश र हकप्रद शेयरमध्ये कुन राम्रो?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बोनस शेयर, नगद लाभांश र हकप्रद शेयरमध्ये कुन राम्रो?

कुनै पनि देशको स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले प्रायः आफ्ना शेयरधनीहरुलाई अतिरिक्त शेयर अर्थात् बोनस, हकप्रद तथा नगद लाभांशका माध्यमबाट लाभ प्रदान गर्दै आइरहेका छन्। बोनस, हकप्रद र लाभाशं कुनै कम्पनीले आफ्ना शेयरधनीहरुलाई दिने भएतापनि यि तीन नितान्त फरक विषय हुन्। 

 

अन्य मुलुकहरुमा कम्पनीले बोनस दिने, हकप्रद जारी गर्ने भनेपछि मान्छेहरुले शेयर बिक्री गर्न थाल्छन्। त्यसको सट्टा नगद लाभांश दिदाँ नै उनीहरु खुशी हुन्छन्। किनकि बोनस र हकप्रदले शेयरको आपूर्ति बढाउँछ र आपूर्ति बढेपछि शेयरमूल्य घट्छ भन्ने मान्यता उनीहरुको छ।

तर, नेपालको सन्दर्भमा कुनै कम्पनीले बोनस शेयर, नगद लाभांश वितरण गर्ने या हकप्रद निष्काशन गर्ने घोषणा गर्यो कि लगानीकर्ताहरु सो कम्पनीको शेयर खरिद गर्न थाल्छन्। यद्यपि, अन्य मुलुक र हाम्रो मुलुकको शेयर बजार फरक भएको कुरालाई नजरअन्दाज भने गर्नु हुँदैन।

हाम्रो अर्थात नेपाली पूँजीबजारको सन्दर्भमा नगद लाभांश र हकप्रदको तुलनामा बानेस शेयर राम्रो र फाइदाजनक हुने बताउँछन् नेपाल इन्भेष्टर्स फोरमका कोषाध्यक्ष अन्जिब तुलाधर। उनी भन्छन्, ‘कम्पनी बलियो भएर नै बोनस दिने भएकाले लगानीकर्ताले बोनस दिने कम्पनी छान्नु नै राम्रो हो।’

बोनस र हकप्रद दुबै आफ्नो ठाउँमा राम्रो होला तर हकप्रदमा थप पैसा हाल्नुपर्ने र बोनसमा नपर्ने भएकोले बोनसमा लगानीकर्ताहरुको आकर्षण बढेको तुलाधरको भनाई छ। हकप्रद भनेको कम्पनीले आफूसँग पैसा नभएर लगानीकर्तासँग थप पैसा माग्ने हो, बोनस भनेको कम्पनीले कमाएको नाफाबाट आफ्ना शेयरधनीहरुलाई सित्तैमा वितरण गर्ने हो। अर्थात् कम्पनी बलियो भएपछि आफ्नो रिजर्भबाट शेयर संख्या बढाएर फेरि लगानीका लागि नै बोनस दिने भएकाले नेपालको सन्दर्भमा बढी बोनस शेयर दिने कम्पनी छान्नु लगानीकर्ताका लागि राम्रो हुने तुलाधर बताउँछन्।

अमेरिका भारत जस्ता विदेशी देशहरुमा बोनस र हकप्रदभन्दा नगद लाभांशमा जोड दिने गरेको सन्दर्भमा तुलाधर भन्छन्, ‘विदेशमा पनि शुरु–शुुरुमा कम्पनी सानो हुदाँ बोनसप्रति नै आकर्षण हुन्थ्यो। अमेरिका भारत लगायतका देशहरुको कम्पनी अब ठूला भइसके। त्यसैले, उनीहरु रिजर्भ बेसमा गएर क्यासमै बढी फोकस गर्छन्। तिनीहरुको बोनस दिन नपर्ने अवस्था भएको हो। तर, यो सन्दर्भमा नेपाल धेरै नै पछाडि छ। बीसौँ तीसौँ वर्ष पहिले अमेरिका, भारत जस्ता देशहरु पनि शुुरु शुुरुमा बोनस दिएर नै पूँजी वृद्धि गर्दै माथि गएका हुन्। नेपाल पनि १५/२० वर्षपछि नगद बेसमा नै जानेछ।’ ...

Read More
  • MBL - below news