प्रत्येक महिनाको निश्चित गते ग्राहकको मिटर रिडिङ्ग गर्ने दिन तोकिएको हुन्छ । जस्तै ग्राहक नम्वर ००७–२९–०३९ मा विचको अंक २९ ले प्रत्येक महिना मिटर रिडिङ्ग हुने दिन (गते) लाई जनाउँदछ । सो मितिमा मिटर रिडरले मिटर पढि विल उपलव्ध गराउँदछन् । मिटर रिडर मिटर पढन नआएमा वा विल प्राप्त नभएमा ग्राहकले सम्वन्धित कार्यालयमा सम्पर्क गरी विल लिनु ग्राहकको कर्तव्य हुन्छ ।
ग्राहकले मिटर रिडिङ्ग हुने दिन समेत गरि ७ दिन भित्र विल भुक्तानी गर्दा विल रकममा २५ छुट पाईन्छ । ८औंं दिनदेखि १५औं दिनसम्म वुझाएमा विल रकम मात्र वुझाए हुन्छ । १६औं दिनदेखि ३०औं दिनसम्म वुझाएमा ५५ थप शुल्क (जरीवाना) लाग्दछ । ३१औं दिनदेखि ४०औं दिनसम्म वुझाएमा १०५ र ४१औं दिन देखि २५५ थप दस्तुर लाग्दछ भने ६०औं दिन भित्र पनि महशुल भुक्तानी नभएका जुनसुकै समयमा विद्युत लाइन काट्न सक्नेछ ।




