सामाजिक सुरक्षा कोषले राष्ट्रिय वाणिज्य बैंक मार्फत एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) को प्रयोग गरी आफ्ना विभिन्न योजना तथा कार्यक्रम सम्बन्धी भुक्तानीहरु अनलाईनबाटै सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्ने प्रकृयाको थालनी गरेको छ । हाल कोषले उपदान सम्बन्धी भुक्तानीका साथैे आश्रित परिवार, दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना लगायतका आफ्ना भुक्तानीहरु NPI मा जोडिएका connectIPS e-Payment प्रणाली मार्फत् रियल टाइम र NCHL-IPS मार्फत नन–रियल टाइममा जम्मा हुने व्यवस्था गरेको छ ।






