काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले आईएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै एक दशकभन्दा लामो समयदेखि मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी सेवा दिँदै आएको कम्पनी र यसले प्रयोग गर्ने प्रविधि गुणस्तरीय, सुरक्षित र विश्वस्तरीय रहेको पुष्टी भएको छ ।
ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले कम्पनीले स्थापनाकालदेखि नै सूचना प्रणाली , गोपनीयता र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएको बताए । ‘हामीले प्रविधिमा आधरित व्यवसाय सञ्चालन गरिरहेकाले अझ बढी संवेदनशील भएर विश्वस्तरीय सुरक्षा मापदण्डहरु अपनाउदै आएका छौं,’ उनले भने ।
सूचना प्रणाली सम्बन्धी ग्लोबल बेन्चमार्क आईएसओ २७००१ ले तोकेका मापदण्डहरु पालना गर्दै यो प्रमाणपत्र प्राप्त गर्नु कम्पनी, ग्राहक, एजेन्ट नेटवर्क, बैंक तथा वित्तीय संस्थाहरू, सेवा प्रदायक संस्था लगायत सम्पूर्ण सरोकारवालाका लागी खुशीको कुरा भएको उनको भनाई छ । आईएसओबाट सर्टिफाइड भएसँगै कम्पनीको सेवा सुरक्षित र गुणस्तरिय रहेको कुरा थप पुष्टी भएको छ । ...





