ब्लकचेन र क्रिप्टो करेन्सी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ब्लकचेन र क्रिप्टो करेन्सी

ब्लकचेन प्रविधि क्लस्टर अफ कम्प्युटर (कम्प्युटरहरुको एउटा सञ्जाल) हो । यसमा कुनै एउटा कम्प्युटरले अर्कोलाई कन्ट्रोल गर्ने भन्ने सेन्ट्रलाइज्ड सिस्टम हुँदैन ।

सबैले संयुक्त रुपमा एउटा चेनमा बसेर ब्लक बनाउने र त्यसलाई माइनिङ गर्ने सबैले संयुक्तरुपमा भेरिफाइड गर्ने काम गर्नुपर्ने हुन्छ । जब चेनमा भएका सबै कम्प्युटरहरुले कुनै ब्लकलाई भेरिफाई गर्छन्, अनि मात्रै त्यो ब्लक ब्लकचेनमा थपिन्छ । इम्युटेबल (युनिक) क्रिप्टोग्राफिक डिस्ट्रिब्युटेड लेजर र डिसेन्ट्रलाइज्ड अल्गोरिदम प्रयोग गरेर ब्लकचेनले काम गर्छ । ब्लकचेनको हरेक कारोबारमा एउटा ब्लक तयार हुन्छ र त्यसलाई चेनमा भएका सबै कम्प्युटरले भेरिफाई गर्दछन् ।

यसो गर्दा कुनै एउटा कम्युटरको अथवा केन्द्रीकृत अथोरिटीको नियन्त्रणमा नभएर ब्लकचेनमा प्रयोग भएका कम्प्युटरहरुको यसमा एकीकृत किसिमको नियन्त्रण रहन्छ । क्रिप्टो करेन्सीलाई ब्लकचेन प्रविधिको अहिलेसम्मको सबैभन्दा प्रभावकारी प्रयोग मानिन्छ । तर यसलाई क्रिप्टो करेन्सीमा मात्र नभएर अन्य विविध क्षेत्र र प्रयोजनमा उपयोग गर्न सकिन्छ ।

उदाहरणको रुपमा म्युजिकलाई ब्लकचेन प्रविधिमा इनकोड गरेर राख्न सकिन्छ । रेकर्डेड म्युजिक बिक्री गर्नुपरेमा अहिले एप्पल, स्पोटिफाई जस्ता माध्यमको प्रयोग गरिन्छ ।

त्यसो नगरीकन यो प्रविधि प्रयोग गर्दा ग्राहकले सोझै म्युजिक बनाउनेबाट त्यसलाई खरिद गर्न सक्दछन् । यद्यपी यो परीक्षणकै चरणमा छ ।   

अहिलेको समयमा ईबुकहरुको खरिद बिक्री अमेजन जस्ता ईकमर्स प्लेटफर्मको माध्यमबाट हुने गर्छ । र त्यसको भुक्तानीका लागि क्रेडिट कार्ड तथा डिजिटल पेमेन्टका माध्यम प्रयोग हुने गर्दछन् ।

जसले गर्दा खरिदकर्ताले क्रेडिटकार्डको मात्र होइन, ईकमर्स प्लेटफर्मको कमिसन समेत व्यहोर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा ग्राहकले महंगो शुल्क तिर्नुपरेको छ भने अर्कोतर्फ लेखकले रोयल्टी मात्रै पाउने तर पुरै नाफा भने अरुले लिने अवस्था बनिरहेको छ ।

तर ब्लकचेन प्रविधि प्रयोग गर्दा थर्डपार्टीले लिने कमिसन तथा नाफा लेखकले नै पाउने अवस्था बन्न पुग्छ । यसरी यो प्रविधि खरिद गर्ने पाठक र सर्जक दुवैका लागि फाइदाजनक हुन्छ । 

शैक्षिक क्षेत्रमा ट्रान्सक्रिप्ट शेयरिङ गर्न, गोप्य विवरण शेयर गर्न, क्राउडफण्डिङ, कृषि, सप्लाइ चेन व्यवस्थापन तथा मनिटरिङ, गभर्नेन्स, सर्टिफिकेट वितरण, डिजिटल आईडी, डिजिटल भोटिङ, वौद्धिक सम्पत्तिको संरक्षण, रियल स्टेटको डेटा संकलन, मेडिकल रेकर्ड राख्न, हातहतियारको ट्र्याकिङ गर्न, आईओटीको व्यवस्थापन गर्न लगायतमा समेत यसलाई प्रयोग गर्न सकिन्छ ।

ब्लकचेन र क्रिप्टो करेन्सीबीचको भिन्नता ...

Read More