असोज १३, काठमाडौं । सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्न प्रक्रिया शुरु गरेको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्न सोमवार विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त गरेसँगै प्रक्रिया अगाडि बढेको हो । कम्पनीले रू. ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि विक्री प्रबन्धक नियुक्त गरेको हो ।
आईपीओ निष्कासन सम्झौतापत्रमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ७५ करोड रहेको छ ।
७५ लाख कित्ता आईपीओ बाँडफाँट पछि कम्पनीको पूँजी रू.२ अर्ब ५० करोड पुग्नेछ । हालसम्ममा कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छैन । बोर्डमा निवेदन दिएर स्वीकृती पाएछि आईपीओ निष्कासन हुनेछ ।








