जनरल इन्स्योरेन्सको आईपिओमा रेकर्ड ब्रेक, डेढ दिन मै ४ लाख बढीले दिए आवेदन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जनरल इन्स्योरेन्सको आईपिओमा रेकर्ड ब्रेक, डेढ दिन मै ४ लाख बढीले दिए आवेदन

जनरल इन्स्योरेन्स कम्पनी General Insurance Company Nepal  ले निष्काशन गरेको आईपिओले यस अघिको सबै रेकर्ड ब्रेक गरेको छ । कम्पनीको आईपिओमा आज दोस्रो दिन सोमबार १ बजेसम्ममा ४ लाख ४० हजार १ सय ८० ले आवेदन दिएका छन् ।

दोस्रो दिन मै ४ लाख बढीले आवेदन दिएको यो नै पहिलो पटक हो । सिडीएसका अनुसार हालसम्म १ करोड २४ लाख ७४ हजार ४ सय ३० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिएको भन्दा ४.५६ गुणा बढी हो । पहिलो दिनमा भने १ लाख १० हजारले आवेदन दिएका थिए । 

डेढ दिन मै ४ लाख बढीले आवेदन दिएको र पहिलो दिनमा सिस्टममा  समस्या आएकोले यो आईपिओमा अत्याधिक आवेदन पर्ने अनुमान गरिएको छ । सिडीएसका अनुसार हाल एक सेकेण्ड मै ६ वटाको दरले आवेदन परिरहेको छ । यो भनेको प्रति मिनेट ३६० आवेदन हो । यस अघि औसतमा प्रति मिनेट डेढ सयको हाराहारीमा आवेदन पर्ने गरेकोमा यस पटक आवेदकको संख्या ह्वात्तै बढेको सिडीएसले जनाएको छ । सिडीएसले हिजो पहिलो दिन सिस्टममा केहि समस्या आएपनि आज भने आवेदन गर्दा कुनै समस्या नरहेको जनाएको छ ।

Read More