काठमाडौँ — वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रतिबन्धित नेटवर्किङ व्यवसाय गरिरहेका चार दर्जन कम्पनी तथा व्यक्तिलाई पक्राउ गरिदिन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्र पठाएको छ । ठगी गरिरहेका केही व्यक्ति विदेशमा समेत रहेको जानकारी पाएपछि विभागले गत बिहीबार सीआईबीको पनि सहयोग मागेको हो ।
‘व्यवसायीले नेपाली मान्छेलाई मोहरा बनाएका छन् । केही व्यक्ति स्वदेशमा छैनन् भन्ने अनौपचारिक जानकारी पाएका छौं,’ विभागका वैदेशिक व्यापार नियमन शाखा निर्देशक शिवराज सेढाईंले भने, ‘ऐनले नै प्रहरीको सहयोग लिनुपर्ने भनेको छ । त्यही भएर सीआईबीलाई पत्र पठाएका छौं ।’




