अनलाइनबाटै मासिक ५ लाख आम्दानी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अनलाइनबाटै मासिक ५ लाख आम्दानी

इलाम-कोरोनापछिको अवस्थाले धेरैलाई बेरोजगार बनाएको छ । ठूला उद्योगधन्धा र होटल बन्द हुँदा लाखौं नेपालीले एकैपटक रोजगारी गुमाएका छन् भने स्वरोजगारहरूलाई पनि व्यवसायको सञ्चालन खर्च धान्न नै धौ धौ छ । तर, कोरोना कहरकै बीच केही सिर्जनशील र फरक ढंगले सोच्न सक्ने युवालाई भने फलिफाप पनि भएको देखिन्छ । खासगरी सूचना प्रविधिसँग अभ्यस्त युवा यसमा अगाडि छन् ।

इलामका एक युवाले घरमै बसेर मासिक तीनदेखि पाँचलाख रुपैयाँसम्म कमाउन थालेका छन् । २५ वर्षीय निर्मल दाहालले अनलाइनबाटै काम गरेर मासिक ५ लाख रुपैयाँसम्म कमाउने गरेको बताए । उनको कमाइ जापान, दक्षिण कोरिया गएर काम गरेभन्दा बढी हुने गरेको छ । “जागिर खाँदा सधैँ अर्काको निगरानीमा बस्नु पर्छ तर म आफ्नै व्यवसायसँगै राम्रै आम्दानी गरिरहेको छु,” उनी भन्छन्, “मुख्यतः अनलाइन जबलाई प्राथमिकतामा राखेको छु । विदेशको भन्दा बढी आम्दानी भएपछि स्वेदशका सहर पनि चहार्नु परेन भने विदेश त जानै परेन । घरबाट विदेशको काम गरेर कमाइरहेको छु । मलाई त कोभिड–१९ ले पनि प्रभाव पारेको छैन ।”

दाहालले अनलाइन विज्ञापन र अनलाइन गेममार्फत विदेशी पैसा भित्र्याउने गरेको बताए । विदेशी कम्पनीले आफ्नो विज्ञापनका लागि आग्रह गर्ने गरेको उनको भनाइ छ । ति विज्ञापन विभिन्न अनलाइनका माध्यमबाट प्रचार गरेवापत आफ्नो खातामा गुगल तथा विदेशी कम्पनीमार्फत रकम आउने गरेको उनी बताउँछन् । काम गरेवापत पैसा हराउने, नआउने भन्ने चिन्ता समेत नहुने उनको भनाइ छ । “सिस्टमअनुसार पाउनुपर्ने पैसा समयमै आउने गरेको छ,” उनी भन्छन् । यस्तै, सफ्टवेयर निर्माण, वेबसाइट निर्माण, मोवाइल एप्स, फेसबुक र युट्युबमा विज्ञापन लगायतका उनका सेवा छन् । साथै उनले हाल इलाममा नै बसेर नयाँ कामको तयारी पनि गरिरहेका छन् । ‘फुड एप्स’मार्फत दिउँसो खाजाको व्यापार गर्ने उनको भनाइ छ । विभिन्न संघसंस्था तथा कार्यालयमा काम गर्ने तथ घरमै बसेर पनि आफूलाई जे खान मन लागेको छ, सोही अनुसारको खाना अर्डर गरिसकेपछि खाजा पु-याउने काम गर्ने योजना छ । त्यसमा आफैं खाना र खाजा तयार गर्ने नभइ विभिन्न होटलहरूसँग सहकार्य भइरहेको छ । देशका अन्य सहरमा चलनचल्तीमा रहे पनि यस किसिमको योजना इलाममा भने पहिलो हो । ...

Read More