नेप्सेले अनुमोदन गर्यो आइटी पोलिसी, के हुँदैछ एपीआई ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेले अनुमोदन गर्यो आइटी पोलिसी, के हुँदैछ एपीआई ?

काठमाडौं : नेपाल स्टक एक्चेन्ज (नेप्से) ले आइटी पोलिसी अनुमोदन गरेको छ । नेप्से सञ्चालक समितिको केही दिन अघि बसेको बैठकले आइटी पोलिसी पारित गरेको हो । यस पोलिसीले अनलाइन लगायत सूचनाप्रविधि सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउनेछ । तथापि, आइटी पोलिसी भित्र पर्ने एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) नीति भने अनुमोदन भएको छैन । नेपाल धितोपत्र बोर्डले आइटी पोलिसी अन्तर्गत राखेको एपीआईलाई बेग्लै पोलिसी बनाउन निर्देशन दिएकाले एपीआई नीतिले अन्तिम रुप लिन बाँकी भएको नेप्से स्रोतले बताएको छ । 


धितोपत्र बोर्डले नेप्सेले तयार पारेको मस्यौदामा सुधार गर्न आवश्यक भएको सुझाव दिएको थियो । सोही अनुसार नेप्सेले सुधार गरेर आइटी पोलिसी पास गरेको हो । नेप्से सञ्चालक समितिले अनुमोदन गरिसकेपछि अब यस आइटी पोलिसीलाई धितोपत्र बोर्डले पारित गरिरहनु नपर्ने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । योसँगै आइटी पोलिसी अबको केही समयमा नै कार्यान्वयनमा आउन सक्ने भएको छ । विगत लामो समयदेखि चर्चामा रहेको आइटी पोलिसी कार्यान्वयमा आएपछि यसले पूर्ण अनलाइन कारोबारलाई सहज तथा सफल बनाउन सहयोग पुग्ने अपेक्षा सरोकारवाला निकायको रहेको छ । 

Read More