जनरल इन्सुरेन्सको आइपीओमा पहिलो दिनमै यसरी पर्यो आवेदन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जनरल इन्सुरेन्सको आइपीओमा पहिलो दिनमै यसरी पर्यो आवेदन

काठमाडौं  : जनरल इन्सुरेन्सको आइपीओमा पहिलो दिनमा ३१ करोड १८ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परको छ । सीडीएसका अनुसार साँझ ५ बजेसम्ममा ९३ हजार ३०५ जनाले ३१ लाख १८ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई आधार मान्दा १.१४ गुणा बढी आवेदन हो । आइतबार दिनभर मेरो सेयर नचलेका कारण लगानीकर्ताले सजिलैसँग आवेदन गर्न भने सकिरहेका छैनन् ।

जनरलले आज (असोज ११ गते) बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको हो । जसअनुसार कम्पनीले ३० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ । यस इन्सुरेन्सले जारी गर्न लागेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४% सेयर कर्मचारीले पाउनेछन् । यस्तै, १ लाख ५० हजार कित्ता अर्थात् ५% म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ ।

Read More