साउनमा विद्युतिय कारोबार किन ह्वातै घट्यो?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
साउनमा विद्युतिय कारोबार किन ह्वातै घट्यो?

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विद्युतिय माध्यमबाट हुने कारोबार अघिल्लो महिनाको तुलनामा घटेको छ। केन्द्रीय बैंकको तथ्यांक अनुसार गत असार महिनाको तुलनामा साउनमा आरटि जिएस, एटिएम, कनेक्ट आइपिएस लगायतका विद्युतिय कारोबार घटेको हो।

 

असार महिनाको तुलनामा साउनमा विद्युतिय कारोबार घटे पनि अघिल्लो वर्षको तुलनामा भने बढ्दै गएको छ। साउनदेखि केन्द्रीय बैंकले क्युआरमा आधारित, पिओएस र ई कमर्समार्फत हुने भुक्तानीलाई छुट्टै शिर्षकमा राख्न थालेको छ। इसअघि अन्य शिर्षकमै राखिने यस्तो कारोबार छुट्टै शिर्षकमा राख्न थालिएपछि अरु शिर्षकमा भएको भुक्तानी केहि घटेको देखिएको छ। 

गत साउनमा आरटिजिएस मार्फत सबैभन्दा धेरै ८७ खर्ब १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। असार महिनामा ११४ खर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा साउन महिनामा २७ खर्ब ४७ करोड रुपैयाँले घटेको छ।

त्यस्तै एटिएम मार्फत हने कारोबार असार महिनाको तुलनामा १६ अर्ब ३७ करोड रुपैयाँले घटेको देखिएको छ। असारमा ५४ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएकोमा साउन महिनामा ३८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ।

अघिल्ला वर्षहरुको तुलनामा भने यस वर्ष विद्युतिय माध्यममार्फत हुने कारोबार बढेको छ। यस वर्ष कारोना भाइरसका कारण भएको लकडाउनले गर्दा केन्द्रीय बैंकले विद्युतिय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्दै आएको छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि आफ्ना ग्राहकलाई विभिन्न छुट दिएर विद्युतिय माध्यमबाट कारोबार गर्न प्रोत्साहन गरिरहेका छन्।

लकडाउनका कारण भौतिक रुपमा उपस्थित भएर कारोबार गर्न असहज रहेकाले समेत अहिले अनलाइन मार्फत कारोबार गर्ने बढेका छन्।

गत आर्थिक वर्षको अन्तिम महिना अर्थात असार महिना क्लोजिङ महिना रहेकोले धेरै भुक्तानी बढेको थियो। तर साउन लागेसँगै यस्ता भुक्तानी घटे्काले अनलाईन कारोबार समेत घटेको हो।

केन्द्रीय बैंकको भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार हरेक वर्ष असारमा आर्थिक गतिविधि बढ्ने भएकोले सो अवधिमा विद्युतिय भुक्तानी पनि ह्वातै बढेको थियो। त्यस्तै उनका अनुसार साउनदेखि क्युआरमा आधारित, पिआएस र इ कमर्श पनि थपिएकोले पुराना शिर्षका केहि भुक्तानी नयाँ थपिएका शिर्षकमा बाँडिएको छ।

"असार एक महिना र  दशैको एक महिना आर्थिक गतिविधिहरु अलि बढी नै हुन्छ त्यसै कारण अन्य महिनासँग तथ्यांक अलि मिल्दैन," उनले भने "लामो समयको तथ्याँक हेर्ने हो भने ट्रेन्ड बढ्दो क्रममा नै छ।"

Read More
  • MBL