वारेन बफेटले यसरी बनाए सेयर बजारमा लगानीको आफ्नै सूत्र


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वारेन बफेटले यसरी बनाए सेयर बजारमा लगानीको आफ्नै सूत्र

काठमाडौं : वारेन बफेट संसारभर एक सफल लगानीकर्ताका रुपमा कहलिएका छन् । त्यही भएर उनलाई लगानी गुरुका रुपमा धेरैले अंगीकार पनि गरेका छन् । उनको आफ्नै कुनै उत्पादन तथा सेवामूलक कम्पनी छैन । तर पनि उनी वर्षौदेखि विश्वका शीर्ष १० धनीमा पर्न सफल हुदै आएका छन् । मुख्यरुपमा सेयर बजारमा लगानी गरेरै उनी अर्बौ डलरको सम्पत्ति कमाउन सफल भएका हुन् । त्यसो भए कसरी उनले यति धेरै प्रतिफल लिन सफल भए त ? के हो उनको कमाउने रहस्य ? यसका बारेमा जान्ने धेरैलाई इच्छा हुन सक्छ ।

वारेन बफेटले लगानी गर्दा आधारभूत सिद्धान्तहरुलाई आदर्शको रुपमा स्वीकार र प्रयोग गर्दै आएका छन् । प्रमुख प्राथमिक सम्भाव्यतालाई सधै लगानी गर्नुपूर्व प्रयोग गर्ने गरेका छन् । अरबौं डलरको आफ्नो बर्कशायर हाथवे कम्पनीमार्फत उनले आफ्नो सम्पत्तिलाई नयाँ उचाईमा पुर्याए । सेयरहोल्डरहरुलाई आकर्षक प्रतिफल वितरण गर्न सफल भए । व्यवसाय सञ्चालनको यो तार्किक बुझाई र बेन्जामिन ग्राहमबाट सिकेको सूत्रलाई अपनाएर नै बफेट उत्कृष्ट लगानीकर्ता बन्न पुगेका छन् ।

मूल्य, लगानी र नाफा

संसारमा धेरै जनाबाट लगानी ढाँचा वा तरिका सिक्न सकिन्छ । सबैका आ–आफ्नै लगानी विधि र मन्त्र हुन सक्छ । तर वारेन बफेट भने निकै सामान्य विधिको प्रयोग गरेर सेयर बजारमा सफल हुने व्यक्तिका रुपमा चिनिंदै आएका छन् । मुख्यतयः प्राथमिक सम्भाव्यता विधिले उनको लगानी विश्लेषणलाई थप सरल बनाएको छ । उनले लगानीका लागि पारदर्शी कम्पनीहरु रोज्छन् । किनकी यो बुभ्mन सहज हुन्छ । धेरै कुराको सजिलै जानकारी पाउन सकिन्छ । कम्पनीको भित्रीभन्दा भित्री जानकारी लिन पाइन्छ ।
 

यद्यपि, बफेटले प्रमुख त मूल्य विधिको बुझाइकै रुपमा काम गर्दैआएका छन् । बेन्जामिन ग्राहमसँगको काम र अध्ययनबाट उनले यो विधि सिकेका हुन् । लगानी ढाँचाको एकीकृत अवस्थाले उनलाई सेयर बजारमा बिजेताको रुपमा परिचित गराएको छ । उदाहरणका लागि हरित प्रविधिको क्षेत्रलाई लिन सकिन्छ । जहाँ बफेटले खुलारुपमै नयाँ लगानीका लागि आफ्नो उच्च क्षमता भएको दाबी गर्दै आएका छन् । यो क्षेत्र विश्वमा व्यापक रुपमा बढिरहेको छ । हरित प्रविधिका क्षेत्रबाट ६० प्रतिशत नयाँ उर्जा लगानी भित्रिरहेको छ ।

प्रतिरक्षा रणनीति

यसले पनि वारेन बफेटलाई कुनै पनि समयमा सही लगानी रणनीतिमा अघि बढ्नका लागि सहयोग गरेको छ । जब उनले  कुनै निर्णय लिन्छन्, त्यसपछि उनी आफ्नो सिद्धान्तमा निकै अडिग हुन्छन् । लामो अवधिको प्रतिस्पर्धी लाभका कम्पनीहरुले पुँजीको अधिकतम प्रतिफल सिर्जना गर्छन् भन्ने बफेटको भनाई छ । यस्ता कम्पनीहरुको प्रतिस्पर्धी लाभले महलको वरिपरी सुरक्षा कवजको रुपमा पनि काम गर्छ भन्ने मान्यता बफेटको रहेको छ । 

बफेटको सुरुवाती तरिका  ...

Read More
  • MBL - below news