फस्टाउँदै अनलाइन व्यापार–व्यवसाय


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
फस्टाउँदै अनलाइन व्यापार–व्यवसाय

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण कुनै पनि मुलुक यस महामारीबाट अछुतो रहन सकेन । विश्वमा लाखौं मानिसले ज्यान गुमाइसकेका छन् भने करोडौं मानिस यस कोराना भाइरसबाट संक्रमित हुनुपरेको छ । विश्वको अर्थतन्त्र धेरै खस्किसकेको छ भने लाखौं मानिसले आफ्नो श्रमबाट रोजीरोटीसमेत गुमाइसकेको अवस्था छ । यसको प्रत्यक्ष प्रभाव हाम्रो मुलुक नेपालमा पनि विगत ६ महिनादेखि नै देखिसकेको छ ।

गत चैत ११ गतेदेखि हाम्रो मुलुकमा पनि लकडाउन भएको थियो । लकडाउनको समयमा कुनै पनि बैंक–वित्त, व्यापार–व्यवसाय, यातायात तथा औद्योगिक क्षेत्रहरू पूर्ण रूपमा बन्द नै भएका थिए । एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्नसमेत निषेध गरिएको थियो । समग्रमा भन्दा लकडाउनको समयमा सरकारले जनातालाई घरभित्रै थुनेको थियो । करिब चार महिनाको बन्दाबन्दीपछि साउन ४ गतेदेखि सरकारले लकडाउन केही खुकुलो गरेको थियो । त्यसपछि आंशिक रूपमा सवारी साधन चले पनि व्यापार–व्यवसाय भने पूरै ठप्प रहे ।

Read More