१० हजारभन्दा बढीले डाउनलोड गरेको ‘मेरो शेयर एप’ बाट शेयर भर्न नमिल्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
१० हजारभन्दा बढीले डाउनलोड गरेको ‘मेरो शेयर एप’ बाट शेयर भर्न नमिल्ने

असोज ९, काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले विकास गरेको मेरो शेयरको मोबाईल एपबाट हाललाई शेयर भर्न नमिल्ने व्यवस्था छ । १० हजारभन्दा बढीले डाउनलोड गरिसकेको उक्त एपको विषयमा धेरै लगानीकर्ता अन्योलमा रहेको पाइएको छ ।

मोबाईलमा एप डाउनलोड गरी आइतवारदेखि खुल्न लागेको आईपीओमा आवेदन दिन तयारी अवस्थामै कतिपय लगानीकर्ता बसेका छन् । तर सिडिएससीको मेरो शेयर एपमा हाल माई आस्वा सेवा वाहेकका अन्य सुविधा मात्र उपलब्ध छ । 

मोबाईल एप सञ्चालनमा आउनुपूर्व सार्वजनिक निष्कासनका क्रममा वेबमा आधारित मेरो शेयर नखुल्ने समस्या थियो । अब माई आस्वा बाहेकका अन्य कामको लागि एप प्रयोग गर्न सकिने हुदाँ वेबमा समस्या कम हुने विश्वास सिडिएससीको छ ।

सिडिएससीले भदौ ३१ गते मोबाईल एप तयार गरी गूगलको प्लेस्टोरमा राखेको हो । यस अघि सञ्चालन गर्दै आएको मेरो शेयर सफ्टवेयरलाई थप सरल, प्रयोगकर्ता मैत्री एवम् सहज रुपमा प्रयोग गर्ने उदेश्य अनुरुप सोहि सफ्टवेयरको मोवाईल एप परीक्षणका लागि सञ्चालनमा ल्याइएको हो ।

Read More