लघुवित्तले इ-बैंकिङ काराेबार गर्न नपाउने व्यवस्था भएकाे छैन : राष्ट्र बैंक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लघुवित्तले इ-बैंकिङ काराेबार गर्न नपाउने व्यवस्था भएकाे छैन : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले इ-बैंकिङ कारोबार गर्न पाउने बताएको छ। एकिकृत निर्देशिकामा इ-बैंकिङ कारोबार गर्न पाउने व्यवस्थालाइ हटाइएको भए पनि भुक्तानी विभागबाट इ- बैंकिंङ कारोबारको लागि अनुमति दिइएको केन्द्रीय बैंकले जनाएको छ। 

 

केन्द्रीय बैंकले बिहीबार जारी गरेको एकिकृत निर्देशिकामा लघुवित्त वित्तीय संस्थाहरुले केन्द्रीय बैंकको स्विकृति लिई इ बैंकिङ कारोबार गर्न पाउने व्यवस्थालाई हटाएको थियो।

उक्त व्यवस्था भुक्तानी विभागबाट गरिने भएकोले लघुवित्तहरुको एकिकृत निर्देकिाबाट हटाइएको केन्द्रिय बैंकका लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले बताए। "पेमेन्ट डिपार्टबाट आउने सर्कुलरमा राख्नको लागि यताबाट हटाइएको हो," उनले भने "नपाउने त कुरै हुँदैन। उनीहरुले सकेसम्मको इ- बैंकिङ कारोबार गर्न पाँउछन्।" 

केन्द्रय बैंकले बिहीबार 'घ' बर्गका लघुवित्त वित्तीय संस्थाहरुको लागि एकिकृत निर्देशिका २०७६ जारी गरेको थियो। उक्त सर्कुलरमा खासै नयाँ कुरा नआएको बरू पुराना व्यवस्थालाइ थप प्रष्ट पारिएकाे लघुवित्त बैंकर्स एशोशियसनका अध्यक्ष बसन्त लम्साल बताउछन्। "धेरै नयाँ कुराहरु आएका छैनन्।" उनले भने "एकिकृत निर्देशकाले पहिलेका व्यवस्थालाई थप प्रष्ट परेको छ।"

Read More