जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपिओमा मेरोशेयरको मोबाइल एपबाट आवेदन दिन नपाइने भएको छ । हालको एपमा आस्वा सुविधा नभएकोले एपबाट आवेदन दिन नपाइने भएको हो।
सीडीएसले भदौ ३१ गतेबाट मेरोशेयरको एप सार्वजनिक गरेको भए पनि त्यो एप पूर्ण रुपमा संचालनमा आएको छैन। हाल एप बेटा भर्जन मै रहेको र एपको फुल भर्जन आएपछि मात्र एपबाट आईपिओमा आवेदन दिन सकिने सीडीएसले जनाएको छ । हाललाई वेबसाइट बाटै आईपिओ भर्नु पर्न सीडीएसले जनाएको हो । त्यस्तै सीडीएसले मेरोशेयरबाट आईपिओ भर्दा पिन कोड अनिवार्य गरेको छ ।




