कर्मचारीमा संक्रमण देखिएपछि गुलरिया स्थित राष्ट्रिय बाणिज्य बैक सील


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कर्मचारीमा संक्रमण देखिएपछि गुलरिया स्थित राष्ट्रिय बाणिज्य बैक सील

बर्दिया, ८ असोज । बर्दिया जिल्लाको गुलरिया बजारमा रहेको राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

कार्यालयमा कार्यरत एक जना कार्यालय सहायक र एक जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि बैंक अनिश्चित कालका लागि सील गरिएको छ ।

बैकमा कार्यरत कर्मचारीहरूको स्वाव परिक्षण गर्दा दुई जनामा कोरोना संक्रमण देखिएका कारण अनिश्चितकालका लागि बैक सील गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सुचना अधिकारी नारायण प्रसाद ढकालले जानकारी दिनुभयो ।

Read More
  • MBL - below news