कोभिड–१९ पछि नेपालमा सञ्चालनमा रहेका व्यवसायले इन्टरनेट, सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमको प्रयोग बढाएको एक अध्ययनले देखाएको छ । परम्परागत व्यापारमा गिरावट आउन थालेपछि नयाँ व्यावसायिक अवसर प्राप्त गर्न डिजिटल प्रणालीको प्रयोग बढेको अध्ययनको निष्कर्ष छ ।
विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र जापान सरकारको सहकार्यमा गत जेठ १२ देखि २८ गतेसम्म गरिएको उक्त अध्ययनमा पाँचमध्ये एकले व्यावसायिक उद्देश्यका लागि इन्टरनेट, सामाजिक सञ्जाल, एप अथवा डिजिटल माध्यमको प्रयोग गरेको पाइएको हो ।





