सबै वालेटबाट सरकारी राजश्व तिर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सबै वालेटबाट सरकारी राजश्व तिर्न सकिने

मोबाइल वालेटबाटै सबै सरकारी राजश्व तिर्न मिल्ने भएको छ। यसअघि नेपाल क्लिरेङ हाउसको आइपिएस कनेक्टबाट हुँदै आएको यस्तो व्यवस्था अवदेखि सबै वालेटका हकमा लागू हुने भएको छ। 

महालेखा नियन्त्रकको कार्यालयले सरकारी राजश्व खातामा आउने कुनै पनि रकम मोबाइल वालेटबाट पनि ट्रान्सफर गर्न मिल्ने प्रणाली बनाएको छ। 

सरकारी खाताको विवरण राख्ने महालेखाले वालेटका लागि पनि कनेक्सन प्रणाली बनाइएको र यो बैंकहरुले लिएपछि वालेटहरुले त्यहीबाट सुविधा जोड्न पाउने छन्। 

महालेखा नियन्त्रक मधु मरासिनीले महालेखाले प्रणाली बनाइदिएको र बैंकले यो आवद्धतता लिएपछि लागू हुने र तर वालेटहरुले महालेखामा सम्पर्क गर्न नपर्ने बताए। 

नेपालमा सञ्ञालित सबै वालेटका लागि नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर कर तिर्न सकिने छ। 

Read More