सेयर बजारमा नयाँ लगानीकर्ताहरूले राम्रो कम्पनी कसरी छनोट गर्ने ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा नयाँ लगानीकर्ताहरूले राम्रो कम्पनी कसरी छनोट गर्ने ?

सेयर बजारबाटै करोडौं कमाउने सपना बोकेर लगानी गर्ने सही कम्पनीहरूको छनोट गर्न नसक्दा रोडपति भएका पनि धेरै भेटिन्छन् ।

कोभिड–१९ र लकडाउनले बन्द भएको सेयर बजार लकडाउन अन्त्यसँगै लगानीकर्ताहरूमाझ सकारात्मक बन्दै गएको छ । राष्ट्र बैंकको मौद्रिक नीतिले पनि सेयर बजारसँग सम्वन्धित धेरै कुराको सम्बोधन गरेकाले सेयर बजार पछिल्लो समय राम्रो लयमा अघि बढिरहेकोमा दुुईमत नहोला । कोभिड–१९ को महामारी दिन–प्रतिदिन बढ्दै गइरहेको यो समयमा लगानीका अन्य माध्यमहरू ठप्प हुनु र लगानीको एउटै मात्र क्षेत्र सेयर बजार भएकाले पनि आगामी दिनहरू अझै सकारात्मक बन्दै जाने देखिन्छ । त्यस्तै बैंकहरूको ब्याजदर एकल अंकमा झर्नुुले पनि सेयर बजारलाई ठूलो टेवा पुुगेको छ । पछिल्लो समय कोरोना भाइरस बढ्दै गइरहेको अवस्थामा यसको नियन्त्रण गर्न उपत्यका तथा देशका विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै नेप्सेले अनलाइन कारोबारलाई प्राथमिकता दिनुुले पनि दैनिक कारोबार तथा नेप्से इन्डेक्स बढ्नलाई सहयोग पुगेको छ ।

कोभिड–१९ को महसेयर बजारबाटै करोडौं कमाउने सपना बोकेर लगानी गर्ने सही कम्पनीहरूको छनोट गर्न नसक्दा रोडपति भएका पनि धेरै भेटिन्छन् ।

महामारीले १,६६८ को उच्च बिन्दुुबाट १,२५० सम्म आइपुगेको पुँजीबजार फेरि बढ्दै १,५५० भन्दा माथि गइसकेको छ । यो समय पुँजीबजारमा लगानी गर्ने नयाँ लगानीकर्ताहरूका लागि बजार प्रवेश गर्ने सुनौलो अवसर पनि हो । यस्तो समयमा नयाँ लगानीकर्ताहरूले उपयुक्त समयलाई पर्खंदै राम्रो कम्पनीको अध्ययन–अनुसन्धान गरेर मात्र लगानी गर्नुपर्छ । लगानीकर्ताहरूले बजार सधैं एउटै गतिमा मात्र हिँड्दैन भन्ने पनि ख्याल राख्नु अति जरुरी छ । नवप्रवेशी धेरै सेयर लगानीकर्ताहरूलाई सेयर खरिद गर्ने समय र सेयर खरिद प्रक्रियाबारेमा जानकारी नभएर सेयर बजारमा कमाउने भन्दा धेरै गुमाउने गरेको पाइन्छ । हरेक लगानीकर्ताले

सेयर बजारबाट धेरै आम्दानी गर्ने रहरले लगानी गरेका हुन्छन् । अहिलेको समय सेयरबजार प्रविधिमैत्री बन्दै जाँदा अब लगानीकर्ताहरूले ब्रोकर कार्यालय नै नधाई संसारका जुनसुकै कुनाबाट सहज रूपमा सेयर खरिदबिक्री गर्न पाइरहेको छ । यस्तो अवस्थामा नयाँ लगानीकर्ताहरूले कम्पनीहरूको छनोट गर्दा बजारमा छाएको रौनकलाई आवेगमा नआई योजनाबद्ध, रणनीतिक हिसाबले विश्लेषण गरी अघि बढ्नुपर्छ । यसरी बजार प्रवेश गरिसकेका तथा अब आउने नयाँ लगानीकर्ताहरूका लागि सेकेन्डरी बजारमा राम्रा कम्पनी कसरी छनोट गर्ने भन्ने दुविधा उत्पन्न भइरहन्छ । यसरी भर्खरै बजार प्रबेश गर्नुभएका तथा बजार प्रवेश गर्न खोजिरहनुुभएका लगानीकर्ताहरूलाई कसरी राम्रो कम्पनी छनोट गर्ने भन्नेबारे छोटकरीमा तल वर्णन गरिएको छ ।

 सर्वप्रथम खरिद गर्ने सेयरका लागि आवश्यक रकम आफैं जुटाउनुहोस् । यदि कर्जा लिएर लगानी गर्दै हुनुहन्छ भने आफ्नो आयस्रोतको हिसाब गरेर मात्र लिनुुहोस् । आफैंसँग भएको रकम वा कर्जा लिएको पैसालाई ३ देखि ४ भागमा विभाजन गरेर लगानी अगाडि बढाउनुुहोस् । कर्जा लिएको पैसाको करिब ७० प्रतिशत रकम लगानी गरी बाँकी लगानीयोग्य रकमका रूपमा आफूसँग साथमा राख्नुपर्छ । कुनै बेला सेयर बजारमा आउने उतारचढाबमा सो रकम प्रयोग गर्न सकिन्छ ।

 यस्तै कम्पनी छनोट गर्दा आफ्नो लक्ष्य वा अपेक्षा पनि सँगै राख्नुपर्ने हुन्छ । जस्तो लगानीकर्ताहरूका लक्ष्य फरक–फरक हुन्छन् । कतिपय लगानीकर्ताले लगानीबाट नियमित आम्दानी चाहेका हुन्छन् भने कतिपयले आम्दानी र सम्पत्तिमा वृद्धि दुवै चाहेका हुन्छन् । यसको अर्थ लगानीकर्ताहरूले लगानी गर्दा अल्पकालीन समयका लागि गर्ने कि दीर्घकालीन समयका लागि गर्ने ? यसबारे बजार प्रवेश गर्नुुभन्दा अगाडि नै निर्णय लिइसक्नुुपर्छ ।...

Read More
  • MBL - below news