अनलाइन व्यापारलाई नियमनसँगै व्यवस्थित गर्न आवश्यक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अनलाइन व्यापारलाई नियमनसँगै व्यवस्थित गर्न आवश्यक

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले गर्दा पछिल्लो समय ई–कमर्श (अनलाइन व्यापार) फस्टाउँदै गएको छ । कोभिडले गर्दा पछिल्लो समय नेपालमा समेत अनलाइन व्यापार विस्तार हुँदै गएको छ । कोरोना भाइरस नियन्त्रण गर्नका लागि गरिएको लकडाउनयता यो व्यवसाय थप फस्टाउँदै गएको व्यवसायीहरू बताउँछन् । अनलाइनबाटै सामान अर्डर गरेपछि घरघर होम डेलिभरी हुने भएकाले पनि यसप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ ।

पछिल्लो समय विश्वका ठूला मानिएका अमेजन, अलिबाबा लगायतका ठूला ई–कमर्श व्यापार अहिले उचाइमा पुगेका छन् । लकडाउनका कारण पसलमा सामान खरिद गर्न जान नपर्ने हुँदा यसप्रति ग्राहकको आकर्षक दिन–प्रतिदिन बढ्दै गएको छ । मानिसहरूलाई अत्यावश्यक सामग्री घरदैलोसम्मै पु-याएर ई–कमर्शहरूले उच्च सेवा दिएका छन् ।

अहिले विश्वमै कोरोना भाइरस देखिएपछि अनलाइन व्यापारको माग बढ्दै गएको छ । नेपालमा पनि विभिन्न अनलाइनले आफ्नो सेवा विस्तार गर्दै आएका छन् । ग्राहकको मागअनुसार सामग्रीहरू घरघरमै पु¥याएर विभिन्न ई–कमर्श तथा अनलाइन व्यवसाय लोकप्रिय बन्दै गएको छ । इन्टरनेट सेवाको बढ्दो पहुँचले गर्दा यसको प्रयोग बढ्दै गएको छ ।

Read More