एनआईसी एशिया बैंकको चेक जम्मा गर्न अब अनलाइनबाटै भौचर भर्न सकिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशिया बैंकको चेक जम्मा गर्न अब अनलाइनबाटै भौचर भर्न सकिने

एनआईसी एशिया बैंकले देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक अनलाइनबाटै भौचर भर्न सकिने सुविधा उपलब्ध गराएको छ । ग्राहकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी  बैंकको चेक आफ्नो वा आफूले चाहेको खातामा जम्मा गर्न अनलाइनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरिएको बैंकले सोमबार जानकारी दिएको छ । 
 
बैंकका अनुसार ग्राहकले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत https://www.iserve.nicasiabank.com  लिंकमा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्नेछन् । 

उक्त लिंक भित्र  सेवाग्राहीहरूका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको छ । उक्त भौचरमा आफूलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस  मार्फत डिपोजिट कोड पठाइनेछ । त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई  बिना कुनै भौचर सोझै काउण्टरमार्फत आफूले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सकिने बैंकले जनाएको छ । ...

Read More
  • MBL - below news