सिभिल बैंकको स्पष्टीकरण– मर्जरको कुनै निर्णय नै भएको छैन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल बैंकको स्पष्टीकरण– मर्जरको कुनै निर्णय नै भएको छैन

५ असोज, काठमाडौं । सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने कुनै प्रकारणको निर्णय नभएको स्पष्टिकरण दिएको छ । हिमालयनसँग मर्जरमा जान लागेको भन्दै हल्ला फैलिएपछि आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको थियो ।

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले नेप्सेलाई जवाफ पेश गर्दै मर्जरमा जानका लागि कुनै पनि निर्णय नभएको र आफूले यस्तो बाहिर नल्याएको पनि बताएका छन् ।

हिमालयन बैंकले प्राप्ति गर्न लागेको भन्दै केहि सञ्चार माध्यममा समाचार प्रकाशन भएको प्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको भन्दै सीईओ गुरुङले बैंकले आधिकारिक रुपमा कुनै पनि त्यस्तो सम्प्रेषण नगराएको पनि दावी गरेका छन् ।

Read More
  • MBL - below news