धरान उपमहानगरपालिकाको कर कनेक्ट आइपिएसबाट तिर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
धरान उपमहानगरपालिकाको कर कनेक्ट आइपिएसबाट तिर्न सकिने

धरान उपमहानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आइपिएस मार्फत् तिर्न सकिने सुविधा ल्याएको छ।

उपमहानगरमा तिर्नुपर्ने कर अवदेखि सेवाग्राहीले अनलाइन माध्यमबाटै कर तिर्न सक्ने छन्।

उपमहानगरमा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवाशुल्कहरु घरमै बसेर बुझाउन सक्ने छन्।

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण समेत जनतालाई आफैँ उपस्थित भएर कर तिर्न स्वास्थ्य जोखिम भइरहेका बेला सुरु भएको अनलाईन भुक्तानी प्रणालीले थप सहजता हुने उपमहानगरले विश्वास लिएको छ।

यसका लागि सबैभन्दा पहिला एकपटक आफ्नो वडामा गएर इमेल र मोबाइल नम्बर दर्ता गराउनुपर्ने छ। ...

Read More