राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank ले २४१ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ मा सञ्चालननमा ल्याएको हो ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं शाखाको आईतबार उदघाट्न गरेका हुन् । कार्याक्रममा मन्त्री ज्वालाले बैंक नाफामुखी भन्दा पनि थप सेवामुखी हुनुपर्ने बताए । उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे ।





