बैंकलाई गरिवमुखि कर्जाहरु प्रवाह गर्न मन्त्री ज्वालाले गरे आग्रह


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैंकलाई गरिवमुखि कर्जाहरु प्रवाह गर्न मन्त्री ज्वालाले गरे  आग्रह

असोज ४, सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सरकारी बैंकले तल्लो वर्गका नागरिकको जीवनस्तर उकास्ने खालका कर्जा प्रवाह गर्न सुझाव दिएका छन् । 
 

आइतवार सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय वाणिज्य बैंको नयाँ शाखा कार्यालय उद्घाटन गर्दे मन्त्री ज्वालाले सबै क्षेत्रबाट पछाडी परेको कर्णाली प्रदेशको समृद्धिका लागि सरकारी, निजी बैंक तथा वित्तीय संस्थाहरुको पहुँच वृद्धि बढेसँगै आर्थिक गतिशीलता बढ्ने बताए ।

उनले नाफा कमाउनेमा मात्र नभई विश्वासिलो र भरपर्दो सेवा दिनेतर्फ समेत बैंकको बढी ध्यान जान आवश्यक रहेको औंल्याए । ‘उत्पादन र उद्योग क्षेत्रका साना व्यवसायीलाई पनि प्राथमिकतामा राखेर ऋण प्रवाह गर्नुहोस,’ उनले भने, ‘जोखिम क्षेत्रमा लगानी नगर्ने परिपाटीको अन्त्य गर्दै नागरिकको जीवनस्तर माथि उकास्ने खालका कार्य राष्ट्रिय वाणिज्य बैंकबाटै शुरुवात गर्न आवश्यक छ ।’ 

Read More
  • MBL - below news