गूगल प्ले स्टोरमा पुनः उपलब्ध भयो पेटिएम


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
गूगल प्ले स्टोरमा पुनः उपलब्ध भयो पेटिएम

भुक्तानी र वित्तिय सेवा प्रदान गर्ने पेटिएम एप अब फेरि गूगल प्ले स्टोरमा उपलब्ध भएको छ । कम्पनीले गूगल प्ले स्टोरमा फेरि आफू फर्किएको कुरा ट्वीटको माध्यमबाट जानकारी दिएको थियो । 

गूगलले केही दिन अघि कुनै जानकारी बिना नै पेटिएम एपलाई गूगल प्ले स्टोरबाट हटाइदिएको थियो । त्यसपछि फेरि राख्दा पेटिएमले आफ्नो आधिकारक टवीटरको पेज मार्फत फर्किएको र नयाँ अपडेट पनि ल्याएको जनाएको छ । 

पेटिएमका संस्थापक विजय शेखर शर्माले टवीटरमा आफूले यूपीआई क्यासब्याक क्यामपेन लञ्च गरेका कारणले गूगलले प्ले स्टोरबाट हटाइदिएको बताएका छन् ।

गूगलले प्ले स्टोरबाट एप हटाइदिएपछि कम्पनीले ब्लग पोष्ट मार्फत सबै प्रयोगकर्ताहरुको ब्यालेन्स र लिङ्क अकाउन्ट सुरक्षित भएको जानकारी दिएको थियो । 

...

Read More