मेटलाइफले ल्यायो नयाँ ग्राहक सेवा एप, घरमै बसी मोबाइल मार्फत विभिन्न सेवाहरु पाउन सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मेटलाइफले ल्यायो नयाँ ग्राहक सेवा एप, घरमै बसी मोबाइल मार्फत विभिन्न सेवाहरु पाउन सकिने

काठमाडौं । मेटलाइफले आज ग्राहकहरुलाई बीमा सम्बन्धी सेवा र सुविधालाई थप सजिलोसंग पहुँच बढाउन र आफ्नो विमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएकोे छ । मेटलाइफको नयाँ ग्राहक सेवा एपले ग्राहकहरुलाई घरमै बसी मोबाइल मार्फत मेटलाइफको विभिन्न सेवाहरुमा पँहुच बढाउने छ । 

डिजिटल थिम अन्तर्गत सोमबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजी श्रेष्ठले मेटलाइफका कर्मचारीहरु र फिल्ड फोर्सहरुको उपस्थितिमा भच्र्वल कार्यक्रम मार्फत उक्त एपको अनावरण गरेका थिए ।

मेटलाइफ नेपालको ग्राहक सेवा एप दुबै आइओएस एप स्टोर र एन्ड्रोइड गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोडको लागि उपलब्ध हुनेछ। एक पटक ग्राहकले सुरक्षित रूपमा एपलाई लगइन गरेपछि उनीहरूले आफ्नो बीमा पोलिसीको स्थिति, कुल प्रीमियम भुक्तान गरिएको र भुक्तानी गरिएको प्रीमियम किस्ता साथै उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरण जस्ता जानकारी हेर्न सक्नेछन्। । 

ग्राहकहरूले एपमा साइनअप गरी प्रिमियम तिर्न बाँकी रहेका मितिहरू र पूर्ण परिपक्वता सूचनाहरू समेत प्राप्त गर्न सक्नेछन । मेटलाइफ नेपालको एपमा सम्पर्क बिवरण र ग्राहक सहायताको लागि सोधपुछ फिचर्स पनि समावेश गरिएको छ।

...

Read More