वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय नगर्न तथा नगराउन अनुरोध गरेको छ।
विभागले एक सूचना जारी गर्दै यस सम्बन्धी गुनासो तथा उजुरी आएकोले यस्ता नेटवर्किङ व्यवसाय नगर्न अनुरोध गरेको हो।
‘त्यस्ता गैरकानूनी व्यावसायिक काम कार्यबाही गरे गराएमा उल्लेखित कानूनले १० लाखसम्म वा ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको हुनाले त्यस्ता कार्य नगर्नु नगराउन हुन तथा ठगीबाट शतर्क रहन सबैमा जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ।
‘केही नेपाली कम्पनी तथा व्यक्तिहरू तथा विदेशीहरू समेतले वस्तुको प्रत्यक्ष बिक्रीका नाममा गैर कानूनी रूपले नेटवर्किङ शैलीमा व्यवसाय गरी नेपाल तथा विदेशमा रहेका नेपालीहरू समेतलाई त्यसमा आवद्ध गरी ठगी गरेको तथा पूँजी पलायन गरेको गुनासो तथा उजुरीहरू यस विभागमा आएको हुनाले त्यसप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ।’





