काठमाडौं महानगरपालिकाको १० वटा वडाबाट अनलाइनमार्फत राजश्व संकलन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
काठमाडौं महानगरपालिकाको १० वटा वडाबाट अनलाइनमार्फत राजश्व संकलन

काठमाडौं । विभिन्न १० वटा वडाबाट काठमाडौं महानगरले राजस्व निर्धारण तथा संकलन कार्य अनलाइन प्रणालीमार्फत थालेको छ । सेवा प्रवाह प्रभावकारी र सुशासन कायम गर्ने उद्देश्यसहित सुरु प्रणाली काठमाडौं–२१ वडाबाट प्रारम्भ गरिएको हो ।

सो वडा कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले स्थानीय करदाता सरस्वती सापकोटालाई प्रणालीबाट प्राप्त रसिद हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरेका हुन् । सापकोटाले ‘भूमिकर’ शीर्षकमा विवरण गरेका थिए ।

अर्यालले महानगरका हरेक सेवा विद्युतीय प्रणालीमा रूपान्तरण गर्दै लगिने जानकारी दिए । ‘राजस्व प्रशासनमा करदातालाई विश्वास दिलाउनुपर्छ, करदातामा सार्वजनिक निकायप्रति विश्वास भयो भने राजस्व संकलन बढ्दै जान्छ,’ उनले भने, ‘सार्वजनिक प्रशासन पहिलेजस्तो नभएर अब सहभागितामुलक, पारदर्शी हुनुपर्छ । यसका लागि प्रविधि नै उपयुक्त विकल्प हो ।’

महानगर स्थानीयप्रति उत्तरदायी छ भन्ने अनुभुति गराउनुपर्ने अर्यालको जोड छ । ‘आर्थिक प्रणाली पारदर्शी बनाएपछि स्थानीयले सुशासनमा विश्वास गर्नेछ,’ उनले भने, ‘यसकारण पनि अनलाइनमा नलगी सुखै छैन ।’ ...

Read More