नविल बैंकको चाडपर्व अफर: ७.४९ प्रतिशत ब्याजदरमा घर कर्जा, ऋणको ब्याजदर १ वर्षसम्म परिवर्तन नहुने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नविल बैंकको चाडपर्व अफर: ७.४९ प्रतिशत ब्याजदरमा घर कर्जा, ऋणको ब्याजदर १ वर्षसम्म परिवर्तन नहुने

नविल बैंकले चाडपर्वको अवसरमा कर्जा तथा निक्षेपमा नयाँ योजना ल्याएको छ। बैंकले निक्षेपमा उच्च ब्याजदर ग्यारेन्टी गर्दै कर्जामा सहुलियत ब्याजर सुनिश्चित गर्ने प्रतिबद्धतता जनाएको छ। 

व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा आकर्षक योजना ल्याइएको बैंकले जानकारी दिएको छ।

बैंकले निक्षेप योजनामा १३ देखि २४ महिनासम्मका लागि व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर, १ वर्षसम्मको मुद्दती बचतमाम ८.५ प्रतिशत, २ वर्ष देखि ५ वर्षसम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याजदर र ५ वर्षमाथिको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान दिने भएको छ।

Read More