कनेक्ट आइपिएसमा जोडिन अझ सजिलो, आफै खाता भेरफाइ गर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कनेक्ट आइपिएसमा जोडिन अझ सजिलो, आफै खाता भेरफाइ गर्न सकिने

कनेक्ट आइपिएसबाट अनलाइन भुक्तानी प्रणालीमा जोडिनका लागि अझ सजिलो भएको छ। 

यसअघि आइपिएसमा जोडिनका लागि अनलाइनबाट भएपनि खाता भेरिभाइ गर्नका लागि भने बैंकमै पुग्नुपर्ने बाध्यता थियो।

सुरुमा सिमित बैंक तथा वित्तीय संस्थाबाट सेल्फ भेरिभाइको सुविधा सुरु गरेको कनेक्ट आइपिएसले हाल आएर संस्थाहरु थप गरेको छ।

अबदेखि नेपाल बङ्गलादेश बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमइ बैंक, बैंक अफ काठमाण्डू ,मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, ज्योती विकास बैंक तथा आइसिएफसि फाइनान्स लगायतका बैंक वित्तिय संस्थामा खाता भएका ग्राहकहरुले अनलाइनबाटै खाता भेरिफाइ गर्न पाउने भएका छन्।

Read More