किसान क्रेडिट कार्डको तयारी अन्तिम चरणमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
किसान क्रेडिट कार्डको तयारी अन्तिम चरणमा

काठमाडौं । कृषि ऋणमा किसानको सहज पहुँच पुर्‍याउन पहिलोपटक जारी हुन लागेको किसान क्रेडिट कार्डको तयारी करीब अन्तिम चरणमा पुगेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले किसान क्रेडिट कार्ड जारी गर्ने अधिकार कृषि विकास बैंकलाई दिएपछि प्राविधिक तयारी भइसकेको र कार्यविधि पूरा हुन केही समय लाग्ने बैंकले बताएको छ ।

कृषि विकास बैंकका सचिव तथा प्रवक्ता हेमलाल पौडेलका अनुसार यस्तो कार्डमार्फत किसानहरूले करीब ५ हजार रुपैयाँ बराबरको कर्जा प्रयोग गर्न सक्छन् । किसान क्रेडिट कार्डसम्बन्धी कार्यविधि तथा सञ्चालक समितिले यसमा फेरबदल गर्न सक्ने उनको भनाइ छ । कार्डधारकले उक्त रकम बराबरको कर्जा सकिएमा नियमअनुसार फेरि सोही बराबर कर्जा थप्न पाउने व्यवस्था भएको उनले जानकारी दिए ।

क्रेडिट कार्डबाट किसानले तोकिएको रकम बराबरको मल, बीउबिजन खरीद गर्न सक्नेछन् । कार्डसँगै बैंकले एप्स पनि बनाएको छ, जसबाट किसानले तरकारीलगायत उत्पादनको बजार मूल्य, मौसम, बीउबिजनको मूल्य लगायतबारे जानकारी पाउन सक्छन् । यो एप्सबाट व्यावसायिक किसानका लागि लाभ हुनेछ तर स्मार्ट फोन प्रयोग नगर्ने किसानका लागि भने यो खासै उपयोगी नहुने उनको भनाइ छ ।

Read More